Logo

बुधवार, श्रावण २१ गते २०७७

  • ट्रेण्डिङ :

रघुजी पन्तले भने– केपी ओली राजनीतिका राम्रा खेलाडी हुन्

रघुजी पन्तले भने– केपी ओली राजनीतिका राम्रा खेलाडी हुन्

Sobizpress SuAdmin

बैशाख २१, २०७७ आइतवार - १४:३९:१२ बजे
रघुजी पन्तले भने– केपी ओली राजनीतिका राम्रा खेलाडी हुन्

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद तत्कालका लागि समाधान भएको छ । मुलुक कोरोनाभाइरससँग जुधिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पार्टीभित्रबाट राजनीतिमा मागेपछि एकाएक तरंग आएको राजनीति शनिबार रातिदेखि सेलाएको छ । 

प्रतिनिधि सभामा पराजित वामदेव गौतमको प्रधानमन्त्री बन्ने चाहना र अध्यक्षमा पराजित माधवकुमार नेपालको पार्टीभित्र सशक्त बन्ने इच्छासँगै सत्तारुढ नेकपाभित्रबाटै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको हो । 

तर, एकाएक तरंग आएको राजनीतिलाई अध्यक्ष ओलीले साम्य बनाउन सफल भएका छन् । नेता नेपाल पक्षधर नेता रघुजी पन्तले ओली नेपाली राजनीतिका राम्रा खेलाडी भएको सार्वजनिक रुपमा प्रतिक्रिया जनाउँदै आएका छन् । 

गुटको राजनीति अन्त्य हुनुपर्ने नेता नेपाल र आफूहरुले बताउँदै आएको बताएका नेता पन्तले प्रधानमन्त्री ओलीबाट वामदेव गौतमलाई प्रधानमन्त्री आश्वासन राजनीतिमा देखिएको उछाललाई शान्त बनाउने अस्त्र रहेको टिप्पणी गरे । 

केही दिन यता विभिन्न सञ्चार माध्यममा आफ्नो विचार राख्दै आएका नेता पन्तले आफ्नो विचारमा अडिग रहने ओलीको प्रवृत्तिले पार्टीलाई नोक्सान गरेको आरोप लगाए । ‘ओली राजनीतिका राम्रा खेलाडी हुन्’, आफ्ना अधिकांश अन्तर्वार्तामा नेता रघुजी पन्तले केही दिन यता भनेका छन्, ‘त्यही भएर मैले साथीहरुलाई ओलीका हरेक गतिविधिको राम्रोसँग हिसाब किताब गरेर मात्रै अघि बढ्न भनेको छु ।’

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

Copyright © All right reserved to Otv Nepal Site By: SobizTrend Technology