Logo

बुधवार, श्रावण २१ गते २०७७

  • ट्रेण्डिङ :

ओलीसामू पर्दा प्रचण्ड बोलेनन्

ओलीसामू पर्दा प्रचण्ड बोलेनन्

Sobizpress SuAdmin

बैशाख १०, २०७७ बुधवार - १७:५२:१२ बजे
ओलीसामू पर्दा प्रचण्ड बोलेनन्

काठमाडौं । सरकारले दुईवटा अध्यादेश जारी गरेपछि नेपाली राजनीतिमा तरंग ल्याइदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश जारी गरेकी हुन् । उक्त अध्यादेश जारी भएसँगै सत्तारुढ नेकपाभित्रै विवाद सृजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सो अध्यादेश ल्याएको आरोप लागिरहेको छ । 

सत्तारुढ नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको राजनीतिक टकरावका कारण पनि सो अध्यादेश ल्याइएको बताइयो । प्रचण्डको ओलीविरुद्धको रणनीतिलाई असफल बनाउन अध्यादेश ल्याइएको टिप्पणी पनि भइरहेको छ । यी अनुमान र टिप्पणीकाबीच बुधबार नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डसँगै बसेर आफ्ना संघीय सांसदहरुसँग छलफल गरेका छन् । 

उक्त अध्यादेशबारे फैलिएको भ्रम चिर्न भन्दै प्रधानमन्त्री ओलीले बालुवाटारमा संघीय सांसदलाई स्पष्ट पार्न छलफलको आयोजना गरेका हुन् । उक्त छलफलमा सहभागी हुन प्रचण्डलाई पनि आमन्त्रण गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले प्रदेशगत सांसदसँग छलफल गरे । काठमाडौंमा उपलब्ध आफ्नो पार्टीका सांसदहरूलाई बालुवाटार डाकेका प्रधानमन्त्री ओलीले  सुदुरपश्चिमका सांसदहरूबाट छलफल सुरु गरेका थिए । 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले जारी गरिएका दुई अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरे । सांसदहरुले पनि पार्टी एकतामा जोड दिँदै अध्यादेशको औचित्यबारे प्रश्न गरेका थिए । सांसदहरुबाट  उठेको प्रश्नको जवाफ र जिज्ञासा मेटाउन प्रधानमन्त्री ओलीले ठूलो कसरत गरे । अध्यक्ष ओलीले अध्यादेशले पार्टी विभाजन नगर्ने भन्दै थप बलियो र एकताका लागि अध्यादेश ल्याएको जिकीर गरे । पार्टी फुट्न नदिने ओलीले बचन पनि दिए । 

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

Copyright © All right reserved to Otv Nepal Site By: SobizTrend Technology